नियम २७
कैदीहरुको चालचलनको अभिलेख राख्ने
(१) कारागारभित्र वदमासी गर्ने वा कारागार ऐनको दफा २२ वा २४ बमोजिमको गर्न नहुने काम गरेमा त्यस्ता कैदीहरुलाई प्रचलित कानून बमोजिम सजाय गरी त्यस्ता कैदीहरुको नाम नामेसी गरेको कसूर र पाएको सजाय लेखी एउटा लगत किताब खडा गरी राख्नु पर्नेछ ।
(२) कारागार भित्र, असल चालचलन भएका कैदीहरुको नाम नामेसी, गरेको कसूर र पाएको सजाय उल्लेख गरी निजहरुको अर्को छुट्टै लगत किताब खडा गरी राख्नु पर्नेछ ।
(३) कुनै उत्सवमा छुट्ने कैदीहरुको लगतमा उपनियम (१) बमोजिमको लगत किताबमा परेका कैदीहरुको नाम लेखी पठाइने छैन ।